नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान
नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको छ ।

    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार

काठमाडौँ
नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको छ । केही समयदेखि कमलपित्तबाट अस्वस्थ हुनुभएका उहाँको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि आज बिहान बैंकक जानुभएको हो ।

कमलपित्तको मात्रा नघटेपछि वरिष्ठ चिकित्सकको सल्लाहमा थप उपचारका लागि बैंकक लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वमन्त्री पुनको थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने बताइएको छ । उहाँका साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि रहनुभएको छ ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिनुभएको थियो । यसअघि २०७२ सालमा पनि उहाँको बैंककमै उपचार भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित