स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट
स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट
    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार

स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । गण्डकी प्रदेशका ८५ पालिकामध्य स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा गोरखा नगरपालिका सर्वोत्कृष्ट भएको प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत आर्थिक बर्ष २०७७/०७८ मा सम्पन्न गरिएका कार्यक्रमहरुको समीक्षा गोष्ठीमा सो जानकारी गराइएको थियो । सो अवसरमा गोरखा नगरपालिकाले ८०.५३ प्रतिशत अंक हाँसिल गरेको जानकारी गराइएको थियो । जसमा खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, महामारी रोग नियन्त्रण लगायतका सूचकका आधारमा मूल्यांकन गरिएको थियो ।पालिकाभरका स्वास्थ्य सम्बन्धी गतिविधिलाई तथ्यांक संकलन, विश्लेषण सम्बन्धी सफ्टवेयरमा नियमित रुपमा अद्यावधिक गर्ने गरिएकाले पनि गोरखा नगरपालिकाको नतिजा उत्कृष्ठ हुन आएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।
शाखाले स्वास्थ्य गतिविधिलाई डिजिटलाइज्ड गरेको थियो ।त्यस्तै मूल्यांकमा गोरखाका अन्य दुई पालिका पनि उत्कृष्ट १० भित्र पर्न सफल छन् । पालुङ्टार नगरपालिका र सिरानचोक गाउँपालिकाले पनि उत्कृष्ट सातौँ र दशौँ स्थान हात पार्न सफल भएका छन् ।म्याग्दीको बेनि नगरपालिका दोस्रो, बेशीसहर नगरपालिका तेस्रो, देवचुली नगरपालिका चौथो मध्य नेपाल नगरपालिका पाँचौँ भएका छन् ।
यस्तै पैयुँ नगरपालिका छैटौँ, पुतलीबजार नगरपालिका आठौँ र पोखरा महानगरपालिका नवौँ भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित