तौल र रक्तचाप नियन्त्रणमा प्रभावकारी चुकन्दरको फाइदै फाइदा
तौल र रक्तचाप नियन्त्रणमा प्रभावकारी चुकन्दरको फाइदै फाइदा
    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार

काठमाडौँ : चुकन्दरलाई हामी सलादका साथै जुसको रुपमा खान सक्छौं । चुकन्दर स्वास्थ्यका लागि निकै लाभकारी हुन्छ । सुकन्दरले थुप्रै रोगमा औषधीको कामसमेत गर्छ । यदी तपाईलाई खानामा सलाद मन पर्छ भने चुकन्दरलाई पनि सामिल गर्नुस् । किनकी चुकन्दरमा भरपूर मात्रामा पोषक तत्व हुन्छ ।चुकन्दरमा आइरन, सोडियम, पोटासियम, फस्फोरस र अन्य पोषक तत्व पनि हुने गर्छ । त्यसैले चुकन्दर मानव स्वास्थ्यका लागि निकै फाइदाजनक छ । मधुमेहका समस्या भएकाहरुका लागि पनि चुकन्दर निकै लाभदायक हुन्छ ।चुकन्दर खाँदा सुगरको मात्रामा पनि नियन्त्रण हुन्छ । चिकित्सकहरूले पनि एनिमियाका रोगीलाई चुकन्दर खान सल्लाह दिन्छन् । किनकी यसमा प्रसस्त मात्रामाम आइरन, भिटामिन र मिनरल्स हुन्छ । यसले रगत बढाउनुका साथै रगत सफा गर्ने काम पनि गर्छ । महिलामा रगतको मात्रा कमी हुने गर्छ । यो महिलाहरूका लागि थप लाभदायक हुन्छ ।चुकन्दरले राम्रो कोलेस्ट्रोललाई बढाउन र खराब कोलेस्ट्रोललाई घटाउने काम गर्छ । चुकन्दरमा फाइबर, फ्लेवोनायड्स र बेटासायनिन पाइन्छ । जुन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । मुटुको स्वस्थताका लागि पनि चुकन्दर निकै राम्रो मानिन्छ । यसले हर्टअट्याकको जोखिम कम गर्छ मद्दत गर्छ ।यदी कब्जीयतको समस्या वा पेटको समस्या छ भने चुकन्दर खाँदा साह्रै फाइदा मिल्छ । चुकन्दरमा फाइबर हुन्छ । चुकन्दर चाँडो पच्ने खाने कुरामा पर्छ । त्यसैले यसले पाचनप्रणालीलाई निकै मजबुत बनाउँछ । त्यसैले चुकन्दर बिना संकोच सधै खाँदा पनि फाइदैफाइदा छ ।

साताकाे चर्चित
सम्बन्धित