ओलम्पिक्स आयोजनाको घाटा बाँडफाँडबारे छलफल गर्दै आयोजकहरु
ओलम्पिक्स आयोजनाको घाटा बाँडफाँडबारे छलफल गर्दै आयोजकहरु
    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार

टोकियो ओलम्पिक्स र पारालिम्पिक्स आयोजक समितिले महानगर सरकार र केन्द्र सरकारसँग यस वर्षको अन्त्यसम्ममा कोभिड–१९ को संक्रमण फैलिन नदिन लगाइएको प्रतिबन्धका कारण प्रतियोगिता आयोजना गर्दा भएको घाटा आपसमा बाँडफाँड गर्नेबारे छलफल गर्ने बताइएको छ । संक्रमण फैलिन नदिन प्रतियोगिता दर्शक नराखी गर्ने निर्णय गरिएको थियो ।यसका कारण टिकटको विक्री गरेर हुने करोडौं डलर बराबरको आम्दानी गुमेको थियो । संक्रमण फैलिन नदिन अपनाइएका उपायहरुको कारण पनि घाटा बढेको हो । घाटा सिद्धान्ततः टोकियो महानगर सरकारले बेहोर्नेछ । तर महानगर सरकारको मद्दतले पुगेन भने केन्द्र सरकारले पनि मद्दत गर्नेछ ।ओलम्पिक्स अगष्टमा सकिएको थियो भने पारालिम्पिक्स यही महीनाको शुरु समाप्त भएको थियो । ओलम्पिक्समा सहभागी हुन विदेशबाट करीब ३३ हजार सारोकारवालाहरु आएका थिए । पारालिम्पिक्समा आउनेको संख्या करीब १० हजार थियो । प्रतियोगिताको बेलामा अपनाइएका संक्रमण विरोधी उपायहरुका कारण दुबै प्रतियोगिता सुरक्षित रुपमा आयोजना गर्न सकिएको आयोजक समितिका अध्यक्ष सेइको हाशिमोतोले बताएकी छन् ।ओलम्पिक्स कोरोना भाइरसको महामारीको बेलामा आयोजना भएको विश्वकै पहिलो बृहत स्तरको प्रतिस्पर्धा भएकाले यसमार्फत आफूहरुले भाइरसँग लड्दै कसरी प्रतियोगिता गर्न सकिन्छ भन्ने नजिर बसाल्न सकिएको पनि उनले बताइन् ।

साताकाे चर्चित
सम्बन्धित