गृह मन्त्रालयद्धारा ‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक
गृह मन्त्रालयद्धारा ‘द भ्वाइस अफ नेपाल’ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक
    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार

१३ असोज, काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ। गजमेर अमेरिकी नागरिक भएको र उनले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् ।
अब गजमेर सन् २०२१ भर नेपाल आउन पाउँदैनन् उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुज्रिसकेको छ ।

उनी सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । गत सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए। सोही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट उनलाई अमेरिका फिर्ता पठाइदिएको थियो।

‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा गजमेरलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए। भुटानबाट विस्थापित भएपछि गजमेर परिवारसहित झापाको शरणार्थी शिविरमा बस्दै आएकोमा उनी संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि अमेरिका गएका थिए ।

गजमेर सन् २०११ मा परिवारसहित अमेरिका गएका हुन । त्यसपछि उनले अमेरिकाको राहदानी प्रयोग गर्दै आएका छन्।

नेपाल र अमेरिकाबीच भीषा पारस्पारिकता भएपछि पर्यटन भीषामा दुवै देशका नागरिक एकअर्को मुलुकमा १८० दिन बस्‍न पाउँछन्।

साताकाे चर्चित
सम्बन्धित