इन्गेजमेन्ट गरेपछि प्रेमको यात्रामा निस्किइन् इन्दिरा !
इन्गेजमेन्ट गरेपछि प्रेमको यात्रामा निस्किइन् इन्दिरा !
    • Bell Sanchar

    • १४ आश्विन २०७८, बिहीबार

गायिका इन्दिरा जोशीले केही दिन अगाडि आफ्नो प्रेमी सार्वजनिक गरिन् ।उनका प्रेमी शरद केडियाले उनलाई हेलिकप्टर चार्टर गरेरै बिहेको प्रस्ताब राखे ।इन्दिराले पनि सहर्ष शरदको प्रस्ताव स्विकार गरिन् ।उसो त, इन्दिराले केही समय अगाडि नै आफू प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् ।३ बर्ष अगाडिको भेटघाटलाई इन्दिरा र शरदले प्रेममा बदलेका हुन् ।उनीहरुले बिहेको तयारी नभएपनि इन्गेजमेन्टका लागि भने कुराकानी भैरहेको बताएका छन् ।त्यसैले पनि उनिहरु अहिले खुलेरै हिड्न थालेका छन् ।गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन्। शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन्।इन्दिराले शरदले आफूसँग बिहे प्रस्ताव राखेको र आफूले ओके भनेको आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेकी छन्।उनले शरदले आफूलाई औंठी लगाइदिएको विभिन्न तस्बिरहरूसमेत पोस्ट गरेकी छिन्। फेसन डिजाइनरका रूपमा कार्यरत शरद र इन्दिरा पछिल्लो दुई वर्षयता प्रेममा रहेको बताइन्छ।‘लूट’ फिल्मको आइटम गीत उध्रेको चोली..बाट चर्चामा आएकी गायिका इन्दिरासँग इंगेज्मेन्ट गरेका शरद पेसाले फेसन डिजाइनर हुन्। काठमाडौ, नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका ड्रेस तयार पार्न माहिर छन्।फेसन डिजाइनिङकै क्रममा करिब चार वर्षअघि इन्दिरा र शरदको भेट भएको थियो। व्यापारिक घराना केडिया ग्रुपका सदस्य शरद र इन्दिराबीचको मित्रता विस्तारै प्रेममा बदलिँदै गएको बताइन्छ। उनीहरूबीचको प्रेमको सामीप्यता यति बढ्यो कि उनीहरू दुई वर्षयता बुढानिलकण्ठस्थित एक अपार्टमेन्टमा सँगै बस्ने गरेकोसमेत उनीहरूका निकटवर्तीहरू बताउँछन्।विशेष गरी आइटम गीतका कारण चर्चामा छाउने गरेकी इन्दिरा पछिल्लो समय नेपाल आइडलकी एक निर्णायकका रूपमा समेत रहँदै आएकी थिइन्।शरद भने फेसन डिजाइनका कारण नेपाली महिला सेलिब्रेटीमाझ परिचित छन्। शरद र इन्दिराले बिहे चाहिँ कहिले गर्छन्? त्यो भने अहिलेलाई गोप्य नै राखिएको छ।

साताकाे चर्चित
सम्बन्धित