चन्द्र भण्डारीले साधेको एउटा सिरियस प्रश्न जसले काग्रेस कम्युनिष्ट सबैलाई सोचमग्न बनायो
चन्द्र भण्डारीले साधेको एउटा सिरियस प्रश्न जसले काग्रेस कम्युनिष्ट सबैलाई सोचमग्न बनायो
    • Bell Sanchar

    • १४ आश्विन २०७८, बिहीबार

नेपाली काग्रेसका नेता चन्द्र भण्डारीले नेपाली नेताहरुको प्रवृती र चरित्र बारे एउटा सिरियस प्रश्न सोधेका छन् जसले काग्रेस ,कम्युनिष्ट सबैलाई एक पटक घोत्लिएर सोच्न बाध्य गराएको छ ।

वर्तमान विकृत राजनितीमा काग्रेस नेता चन्द्र भण्डारीले आफ्नै बेग्लै पहिचान बनाउँने प्रयास गरिरहेका छन् । पद कै लागी जे पनि गर्ने र कुर्सीमै बसेर जीवनको अन्तीम स्वास फेर्न चाहनेहरुका लागी आज भण्डारीले उठाएको सवालले एक पटक सोच्न बाध्य बनाएको छ ।

नेता भण्डारीले आफ्नो सामाजिक संजाल मार्फत जर्मन चान्सलर एंगला मर्केलको भनाई सापटी लिँदै कुर्सी लिप्साले मरिहत्ते गर्ने नेपाली नेताहरु प्रति कसिलो व्यंग गरेका छन् । ६७ बर्षको उमेरमानै राजनितिबाट सन्यास लिएको र १० बर्ष सम्म पनि एउटै लुगा लगाएको मर्केलको कुरा सेयर गर्दै भण्डारीले केहि सवालहरु उठाएका छन् ।

आफ्नो सामाजिक संजालमा नेता चन्द्र भण्डारीले लेखेका छन् ‘म ६७ बर्ष भए अब राजनीतिभन्दा बाहिर बस्छु । अब म किताब समाउछु तर म यति थाकेकि छु निदाई हाल्छु होला । यो भनाई हो जर्मन चान्सलर एंगला मर्केलको उहाँ १६ बर्षसम्म जर्मनीको चान्सलर पदमा रहिन। उनलाई विश्वका नेताहरुले प्रशंसा गरिरहेका छन ।एक पटक पत्रकारले सोधे आदरणीय मर्केल तपाईले १० बर्षदेखी एउटै कपडा लगाई राख्नु भएको छ यसो भन्दा उनको जवाब थियो म त सेवामा लागेको नेता हो, मोडल होईन !!!अब नेपालमा कुन अर्थमा कति बुझ्ने , के गर्ने कति दिन सम्म पाली रहने हाम्रालाईरु विगत देखी बर्तमान सम्म कुनै प्रश्नको जवाफ छ ? देश बनाउन कसैले थाक्ने काममा लागे ?’

चन्द्र भण्डारी काग्रेसका लोकप्रिय नेता हुन् । खराब कुरा आफ्नै पार्टी भित्रको भए पनि आलोचना गरिहाल्ने र राम्रो कुरा विपक्षीकै भए पनि प्रशंसा गर्ने उनको विशेषतालाई धेरैले मन पराएका छन् । कतिपय अवस्थामा ओली सरकारले गरेका राम्रा कामको विना कन्जुसाइ उनले प्रशंसा गर्दा एमाले कार्यकर्ताको हाइहाइ भएका थिए बरु काग्रेसकै कार्यकर्ताले उनको आरिस गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित