नवजात शिशुलाई कन्टेनरभित्र फाल्ने नेपाली दम्पती पक्राउ
नवजात शिशुलाई कन्टेनरभित्र फाल्ने नेपाली दम्पती पक्राउ
    • Bell Sanchar

    • १४ आश्विन २०७८, बिहीबार

कुवेतमा नवजात शिशुलाई फोहोर भाँडोमा फाल्ने एक नेपाली दम्पती पक्राउ परेका छन् ।एक नेपाली महिलाले आफ्नो प्रेमीसँगै आफूले जन्माएको नवजात शिशुलाई फोहोर भाँडोमा फालेको आरोपमा पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।फरवानीया क्षेत्रमा हिडिरहेका एक फिलिपिनो नागरिकले ती नेपाली दाम्पतीलाई शंकास्पद ढंगले फोहोरको भाँडोमा एक नवजात शिशुको साथमा फ्याँक्न कोसिस गरीरहेको देखेपछि त्यहाँको आन्तरिक मन्त्रालयलाई खबर गरेका थिए ।
खबर पाए लगत्यै मन्त्रालयले प्रहरी टोली घटनास्थलमा पुगी ती नेपाली दाम्पती नजिकै फोहोर फाल्ने कन्टेनरभित्र एउटा बच्चा भेट्टाएको थियो । प्रहरीले दुबैलाई गिरफ्तार गरी उनीहरुलाई थप अनुसन्धानको लागि पठाइएको थियो ।
अनुसन्धानको क्रममा उनीहरु दुबै शिशुका आमा बुबा थिए, अवैध सम्बन्धका कारण शिशुलाई जन्म दिएको र फोहोर फाल्ने कन्टेनरमा फालेको खुलेको मन्त्रालयले जनाएको छ ।
अहिले दुवै अभियुक्त प्रहरी हिरासतमा रहेको र उनीहरुविरुद्ध कानूनी कारबाही भईरहेको अरब टाइम्सले उल्लेख गरेको छ । ती नेपाली दम्पतीको परिचय भने खुलाईएको छैन ।

साताकाे चर्चित
सम्बन्धित