नेपाली काँग्रेसको १४औं महाधिवेशन, नगर प्रमुख कंडेल द्वारा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी
नेपाली काँग्रेसको १४औं महाधिवेशन, नगर प्रमुख कंडेल द्वारा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी
    • Bell Sanchar

    • १४ आश्विन २०७८, बिहीबार

नेपाली काँग्रेसको १४औं महाधिवेशन, नगर प्रमुख दिपक बाबू कंडेल द्वारा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका छन् । उनलेे यस्तो लेख्दै भोट मागेका छन् :

श्री सम्पुर्ण क्षेत्रिय प्रतिनिधिज्यूहरु,
गोरखा, क्षेत्र नं २, गण्डकी प्रदेश
नेपाली काँग्रेस पार्टीको लामो विरासत, नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी नेतृत्वकर्ता पार्टीको १४ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिको रुपमा निर्वाचित हुनु भएकोमा सगर्व बधाई दिन चाहन्छु ।
नेपाली काँग्रेसको १४औं महाधिवेशनको क्षेत्रीय अधिवेशनमा खुल्ला तर्फको  महाधिवेशन प्रतिनिधिको उम्मेद्वारको रुपमा यहाँहरु समक्ष प्रस्तुत भएको छु । मैले मेरो राजनीतिक जीवनमा नेपाल विद्यार्थीसंघको नेतृत्व, नेपालका समग्र लोकतन्त्रवादी, इन्जिनियरहरुको नेतृत्व, नेपाली काँग्रेस पार्टी पालुङटार नगरपालिकाको नेतृत्वमा रहेर पार्टीको मूल “स्पिरिट”, संगठनको मूल ध्येय र परिवर्तनको पक्षमा प्रमाणित काम गरेको व्यहोरा स्मरण गराउन चाहन्छु । विपी कोइरालाको सुस्पष्ट विचार दृष्टिकोण, सुवणर् शमशेरको योगदान, गणेशमानजीको अठोट र किसुनजीको त्याग र समर्पणको आलोकमा उभिएर स्थानीय तहको मेयर पदको जिम्मेवारी बहन गर्दै देश र जनताको पक्षमा, लोकतन्त्र र विकासको मार्गमा नेपाली काँग्रेसलाई सवलीकरण गर्न माथिल्लो तह सम्म भूमिका खेल्न सकिने सम्भावनाको बीच महाधिवेशन प्रतिनिधिको उम्मेद्वारी दिने संकल्प लिएको छु । गोरखा जिल्ला, इतिहासमा किसुनजीले रोजेको कर्म क्षेत्र थियो, लोकतान्त्रिक आन्दोलन र नेतृत्वमा हाम्रा अग्रजहरुले निर्वाह गरेको केन्द्रीय भूमिका स्तुत्य छ र त्यहि इतिहासको साक्षी बनेर भविष्यमा गोरखालीहरुको प्रतिनिधित्व गर्दै हरेक नयाँ सम्भावनाको ढोका खोल्न सकिन्छ भन्ने विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु । आज पार्टी समावेशी सिद्धान्तको अभियन्ता बनेर समाजको हरेक समुदायलाई जोड्ने प्रकृयामा अगाडी बढेको छ, क्षेत्रीय प्रतिनिधिको रुपमा उपस्थित हुनु भएका पुरुष, महिला, जनजाती, दलित, मुस्लिम, अपाङ्ग, अल्पसंख्यक, पिछडिएका वर्ग, खस-आर्य सबै सबै जना प्रति जातीय विविधताको सम्मान, लैंङ्गिक समानता र धार्मिक सहिष्णुताको पक्षमा पैरवी गर्ने बचनबद्धता प्रकट गर्दछु । समग्रमा, पार्टीको मूल संरचनामा रहेर विचार, नीति र कार्यक्रमहरु मार्फत जिवन्त नेतृत्व निर्माण गर्न सकिन्छ र यहाँहरुको मतादेश मार्फत सहि प्रतिनिधित्व गर्नसकिन्छ भन्ने दृढ विश्वासका साथ महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित गराउनु हुन अनुरोध गर्दछु ।
ई. दिपक बाबु कंडेल
नगर प्रमुख, पालुङटार नगरपालिका
एवम् महाधिवेशन प्रतिनिधि (खुल्ला)
उम्मेद्वार ।

साताकाे चर्चित
सम्बन्धित