निजी सवारी नभएका प्रतिनिधिहरुका लागि माइक्रो बसको व्यवस्था
निजी सवारी नभएका प्रतिनिधिहरुका लागि माइक्रो बसको व्यवस्था
    • Bell Sanchar

    • १५ आश्विन २०७८, शुक्रबार

नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको थियो । समितिले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १२:१५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । निजी सवारी नभएका प्रतिनिधिहरुका लागि ललितपुरको सातदोबाटोमा माइक्रो बसको व्यवस्था गरिएका छन् । अनेरास्ववियु,, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघबाट २ सयका संख्यामा स्वयंसेवक व्यवस्था गरिएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मीलगायत सबैलाई बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । यसका लागि क्याटरिङलाई जिम्मा दिइएको छ । महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म खानाको समय छुट्याइएको छ ।

साताकाे चर्चित
सम्बन्धित