एमालेकाे विधान महाधिवेशन प्रभु साहले बहिष्कार गर्ने
एमालेकाे विधान महाधिवेशन प्रभु साहले बहिष्कार गर्ने

ता साह सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि एमाले रोज्दै प्रवेश गर्नु भएकाे थियाे ।

    • Bell Sanchar

    • १५ आश्विन २०७८, शुक्रबार

काठमाडौं

नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमाले प्रवेश गर्नु भएका नेता प्रभु साहले विधान महाधिवेशन बहिष्कार गर्ने घाेषणा गर्नु भएकाे छ । आज(शुक्रबार) देखि आइतरबसम्म चल्ने एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यसमेत रहनु भएका साह सहभागीता नजाउनु हुने भएकाे छ ।

नेता साह सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि एमाले रोज्दै प्रवेश गर्नु भएकाे थियाे । एमाले रोजेपछि माओवादी केन्द्रले कारबाही गरी संसद पदबाट मुक्त गरेको थियो ।

हाल एमालेमै असन्तुष्टि व्यक्त गर्दै आउनु भएकाे छ । विधान महाधिवेशन सुरु हुनुपूर्व शुक्रबार बिहान बानेश्वरमा भएको आफूनिकट भेलामा साहले सहभागी नहुने निर्णय गर्नु भएको आईटी आर्मीका प्रमुख चन्द्रभूषण साहले जानकारी दिनु भएको छ ।

साह निकट रहेका पूर्वमाओवादी नेता कार्यकर्तालाई पार्टीमा यथोचित स्थान नदिइएको भन्दै विधान महाधिवेशनमा सहभागी नहुने साहले घोषणा गर्नु भएको छ । माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य रहेका साहलाई एमालेमा भने केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।

सहले यसअघिको असोज ८ गतेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे फरक मत प्रस्तुत गर्नु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित