कांग्रेस जिल्ला सचिवमा थापाको उमेद्धवारी घोषणा, नागरिक समाज र युवामा उत्साह
कांग्रेस जिल्ला सचिवमा थापाको उमेद्धवारी घोषणा, नागरिक समाज र युवामा उत्साह
    • Bell Sanchar

    • १८ आश्विन २०७८, सोमबार

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको सचिव पदका लागि किशोरजंग थापाले उमेद्वारी दिने भएका छन् । शुक्रवार गोरखा सदरमुकाममा पत्रकार, नागरिक समाजका अगुवा र नेपाली कांग्रेसका तरुण, विद्यार्थी, ट्रेड युनियन लगायतका भातृसंस्थाका प्रमुखहरुको उपस्थितिमा उनले उमेद्वारी घोषणा गरेका हुन् ।

‘अहिलेसम्म म जिल्लामा पत्रकारिताबाट समाजिक सेवामा लागेको थिएँ, अब मैले क्षेत्र परिर्वतन गरेर राजनीति रोजेको छु’, उनले भने, ‘राजनीति मूल नीति हो, यो सुधार भयो भने धेरै पक्ष सुधार हुने भएकाले हरेक क्षेत्रको सुधार गर्ने प्रयासका लागि म लागेँ ।’

गुट उपगुट भन्दा पनि आफुले स्वतन्त्र रुपमा उमेद्वारी घोषणा गरेको र सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए । ‘कांग्रेस पार्टीका सबै नेता कार्यकर्ताको सहयोग मिल्ने आशा लिएर अघि बढेको छु’ उनले भने, ‘गुट र फुटबाट होइन, एकजुट भएर पार्टीलाई जीवन दिन सकिन्छ भन्ने मेरो धारणा हो । पार्टीको विचार, नीति, सिद्धान्त, कार्यदिशालाई सुदृढ गर्न, युवालाई नेतृत्वमा स्थापित गराउन, राजनीतिक दलप्रतिको विश्वास बढाउन, सामाजिक काममा प्रत्यक्ष नागरिकसँग जोडिन मैले उमेद्वारी दिएको हुँ ।’

उनको उमेद्वारीले कांग्रेसको भातृसंस्था नेपाल तरुण दल, नेविसंघ, ट्रेड युनयिन कांग्रेसमा आवद्ध बिभिन्न संघहरु, गोरखाका नागरिक समाजका अगुवाहरु उत्साहित भएका छन् । उमेद्वारी घोषणा कार्यक्रममा तरुण दलका सभापति आनन्द गुरुङले भने, ‘अहिले राजनीतिमा युवा साथीहरु सक्रिय हुनुहुन्छ, हामीले पनि हामीभन्दा माथिको नेतृत्वमा युवाहरुको भाबना बुझ्ने ब्यक्ति लैजानुपर्छ । सबै तरुणहरुको साथ सहयोग रहनेछ ।’

नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष सुवास अधिकारीले भने, ‘तपाईको सचिव पदको उमेद्वारीले हामी राजनीतिमा लागेका युवा पुस्तालाई पनि आशा जगाएको छ ।’
कार्यक्रममा कांग्रेसकी नेतृ कमला लामिछानेले नागरिक समाज क्षेत्रबाट राजनीतिमा लाग्दा सबै नागरिकको प्रतिनिधित्व राजनीतिमा पनि हुने, आबाजले ठाउँ पाउने बताईन ।

अधिबक्ता स्थानेश्वर दुवाडीले भने, ‘राजनीतिलाई सङ्लो बनाउने अवसर तपाईको उमेद्वारीले हुन सक्छ ।’
ट्रेड युनियन कांग्रेसका अध्यक्ष शरदबाबु श्रेष्ठले जिल्ला सचिव पदमा बिजयीको शुभकामना ब्यक्त गरे ।

निर्माण ब्यवशायी होमबहादुर बानियाँले किशोरजंग थापाको राजनीतिमा अगमनले जनताको, जसको आवाज सुनिँदैन उनीहरुको आबाज बोल्ने मान्छे पाएको बताए । साथै उनले अरुको झोला नबोक्न र आफ्नो निर्णयमा अघि बढ्न अनुरोध गरे ।

नेविसंघ सचिव मिलनसिंह बस्नेतले पत्रकार भएर पाएको सुचना राजनीतिक दलको नेता भएपछि कार्यन्वयनमा सहज हुने भन्दै शुभकामना ब्यक्त गरे ।
प्राध्यापक रामचन्द्र दवाडीले नागरिक समाजको जगबाट राजनीतिमा होमिएका थापालाई सही समयमा सही निर्णय लिएको भन्दै अघि बढ्न शुभकामना दिए । साथै उनले गोरखाका प्रजातान्त्रिक प्राध्यापक, शिक्षक सबैको भरपुर सहयोग रहने आश्वासन दिए ।

नागरिक अगुवा पवनरमण खनालले राजनीतिमार्फत समाजमा, जनतामा धेरै परिर्वतन ल्याउन सकिने र त्यसका लागि नेतृत्वदायी भूमिकामा रहनुपर्ने बताए । साथै उनले योजनासहित निर्वाचनमा जान शुभकामना ब्यक्त गरे ।
पत्रकार महासंघका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठले भने ‘हाम्रो नेतृत्व एउटा पार्टीको नेतृत्वमा पुग्ने अवसर आएको छ, हामी खुसी छौँ ।’

हिजो कसले के पेसा के ग¥यो भन्दापनि जुन पेसामा लागिन्छ त्यहाँ क्रियाशिल हुने कुरा महत्वपूर्ण रहेको उनले बताए । पेसा गर्दा सम्म इमान्दारिता हुनु महत्वपूर्ण भएको उनले बताए । पेसा गर्दा सम्म इमान्दारिता हुनु महत्वपूर्ण भएको उनले बताए । बिभिन्न क्षेत्रमा अनुभव हाँसिल गरेका ब्यक्तिहरुको सहभागिताले दल समावेशी बन्नेमा अधिवेशन त्यही अवसर भएको उनले बताए ।

थापा गोरखा नगरपालिका वडा नम्बर १० बिरेनचोकका हुन् । उनको पूख्र्यौली गोरखाको भिमसने थापा गाउँपालिका बोर्लाङ हो । त्यसपछि फेरि शहीदलखन गाउँपालिका ९ हुँदै नगरपालिका स्थानान्तरण भएका हुन् ।
गोरखामा सञ्चार क्षेत्रको बिकास गर्न २०६४ सालमा पहिलो रेडियोको रुपमा रेडियो गोरखा स्थापना गरेर उनले गोर्खाली जनतामा सुचनाको पहुँच पु¥याउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

पत्रकार महासंघ गोरखाको संस्थापक अध्यक्ष भएका उनले तीन कार्यकाल करिब १० वर्ष पत्रकार महासंघको अध्यक्षको नेतृत्व सम्हाले । उनी अहिले देशभरका सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक रेडियो प्रशारक संघ (एकोराब)का महासचिव, दरौँदी प्रकाशन समूहका अध्यक्षसमेत छन् । उनी २०५७÷५८ मा नेविसंघबाट द्रब्यशाह बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भएका थिए ।

साताकाे चर्चित
सम्बन्धित