जापानका सयौं प्रधानमन्त्रीमा नियुक्त भए फुमिओ किशिदा
जापानका सयौं प्रधानमन्त्रीमा नियुक्त भए फुमिओ किशिदा
    • Bell Sanchar

    • १८ आश्विन २०७८, सोमबार

जापानको संसदले सोमबार फुमिओ किशिदालाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको छ । गत हप्ता भएको पार्टीको अध्यक्ष पदको निर्वाचनमा उनले खोप मन्त्री तारो कोनोलाई पछाडि पार्दै रनअफमा पार्टी अध्यक्ष निर्वाचित भएका थिए ।सोमबार संसदको तल्लो सदनमा भएको मतदानमा उनले ३११ मत हात पारेका थिए । विपक्षी दलका नेता युकिओ इदानोको पक्षमा १२४ मत खसेको थियो । सदनले किशिदालाई प्रधानमन्त्री नियुक्त गरेको तल्लो सदनका प्रवक्ता तादामोरी ओशिमाले मतदान पछि भने । किशिदा जापानका सयौं प्रधानमन्त्री हुन् ।माथिल्लो सदनले पनि सोमबार नै भएको मतदानबाट किशिदालाई प्रधानमन्त्रीको रुपमा पारित गरेको छ । किशिदासामु कोरोना भाइरसको महामारीले चौपट्ट बनाएको जापानी अर्थतत्रलाई उकास्ने र उत्तर कोरियाबाट उत्पन्न खतरा जस्ता चुनौती रहेको छ ।कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकारको असफलता र सरकारप्रतिको जनसमर्थन घट्दै गएपछि गत महिनाको शुरुमा योशिहिदे सुगाले राजिनामाको घोषणा गररेका थिए । सोमबार नै किशिदाले नयाँ मन्त्री मण्डलको घोषणा गर्ने भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित