निर्वाचनपछि ठूलो आकारको पूरक बजेट ल्याउँदै जापान
निर्वाचनपछि ठूलो आकारको पूरक बजेट ल्याउँदै जापान
    • Bell Sanchar

    • १८ आश्विन २०७८, सोमबार

जापानले आम निर्वाचन सम्पन्न भएपछि कोरोना भाइरसको महामारीले पारेको आर्थिक झट्का कम गर्न र मुख्य क्षेत्रमा दीर्घकालीन वृद्धिलाई टेवा दिन ठूलो आकारको पूरक बजेट ल्याउने भएको छ । आइतबार सत्तारुढ दलका नवनियुक्त महासचिव आकिरा आमारीले यस्तो बताएका हुन् ।आफूहरुले शुरुमा कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई हेर्नु पर्ने एनएचकेको राजनीतिक वहस कार्यक्रममा आमारीले भनेका छन् । संक्रमणका कारण लगाइएका प्रतिबन्धहरु खुकुलो बनाउनु अघि खोप दर बढाएर जापानले हालको ६० प्रतिशतलाई ७० देखि ८० प्रतिशतमा पुर्याउनु पर्नेमा उनले जोड दिएका छन् ।आकस्मिक बजेट सञ्चितिको सहायतामा आफूहरुले संक्रमण विरोधी विविध उपायहरु अपनाएको र अहिले सञ्चिति कोष सुक्दै गइरहेकोले निर्वाचन लगत्तै उल्लेख्य रुपमा ठूलो आकारको पूरक बजेट ल्याइने उनले बताएका हुन् । तर जापानको सार्वजनिक वित्तको डरलाग्दो अवस्थालाई दृष्टिगत गर्दा भावी प्रधानमन्त्री फुमिओ किशिदासँग अरु विकल्प  छैन । तर पनि उनी थप सरकारी ऋणपत्रहरु बेच्न बाध्य हुनेछ ।पूरक बजेटले वातावरण, डिजिटल र पूर्वाधारमा ध्यान दिने उनको भनाइ छ । सरकारले रोजगारी सहुलियतलाई विस्तार गर्ने विचार गर्न सक्ने उनको भनाइ छ । तर सत्तारुढ गठबन्धनको कनिष्ठ साझेदार कोमेइतोमा आमारीका समकक्षी केइची इशीले भने १८ वर्ष सम्मका करीब २ करोड सबैलाई १ लाख येन नगद भुक्तानीको लागि अनुरोध गरेका छन् ।पूर्व अर्थमन्त्री समेत रहेका आमारी जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आबेका मुख्य सहयोगी हुन् । बुधबार सत्तारुढ दल एलडीपीको अध्यक्ष पदको निर्वाचनमा पूर्व विदेशी मन्त्री किशिदाले रनअफमा खोप मन्त्री तारो कोनोलाई पछाडि पार्दै पार्टी अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

साताकाे चर्चित
सम्बन्धित