जापानी राजकुमारी माकोले आफ्नी प्रेमी कोमुरोसँग अक्टोबर २६ मा बिवाह गर्ने
जापानी राजकुमारी माकोले आफ्नी प्रेमी कोमुरोसँग अक्टोबर २६ मा बिवाह गर्ने
    • Bell Sanchar

    • १८ आश्विन २०७८, सोमबार

जापानी राजकुमारी माकोले आफ्नी प्रेमी केई कोमुरोसँग अक्टोबर २६ मा बिवाह गर्ने भएकी छिन् ।राजदरवार एजेन्सीद्धारा आयोजित पत्रकार सम्मेलनमा शुक्रबार उनीहरुको विवाह नोभेम्बर २०१८ बाट स्थगित भएपछि यसै महिना हुने तय भएको जानकारी गराइएको छ ।राजकुमारी र कोमुरो दुवैजनाले बिवाह भएको दिनमा टोकियोमा पत्रकार सम्मेलन गर्ने बताइएको छ ।क्राउन प्रिन्स फुमिहितोकी जेठी छोरी राजकुमारी माको र कोमुरोले अमेरिकामा जानु अघि आफ्नो विवाह दर्ता गर्ने अपेक्षा गरिएको छ । अमेरिकामा कोमुरो एक कानून फर्ममा कार्यरत छन् ।एउटा बिरलै हुने निर्णयमा शाही परिवारका सदस्यहरुको विवाहसंग सम्बन्धित परम्परागत समारोहहरु जस्तै एक आधिकारिक वैवाहिक समारोह ‘नोसाई-नो’गी’ र ‘चोकेन-नो-गी’ सम्राट र साम्राज्ञीसंग विवाह भन्दा पहिले आधिकारिक बैठक आयोजना नगरिने भएको छ ।जबकि महिला शाही परिवारका सदस्यहरु परम्परागत रूपमा घर बाट बिदा भएपछि राष्ट्रिय कोषबाट लगभग १ करोड ५० लाख येनसम्म एकमुष्ट भुक्तानी प्राप्त गर्दछन । तर राजकुमारी माकोले त्यस्तो रकम नलिन गरेको अभूतपूर्व अनुरोध स्वीकार गरीएको छ ।माको र कोमुरोको विवाहको ब्यवस्थाको विवरण एजेन्सीका वरिष्ठ अधिकारी ताकाहारु काची, युवराज र उनका परिवारका सहयोगीले पत्रकार सम्मेलनमा घोषणा गरेका थिए ।वर्तमान नियम अन्तर्गत महिला शाही परिवारका सदस्यहरुले राजपरिवार बाहिरका सर्वसाधारणसंग विवाह गर्दा आफ्नो शाही पदवी गुमाउँछन् । आर्थिक भुक्तानी भने पूर्व शाही परिवारका सदस्यहरुको गरिमा कायम राख्नको लागी व्यवस्था गरीएको बताईन्छ ।राजकुमारी माको द्धितिय विश्व युद्धपछि जापानमा भुक्तानी नलिने पहिलो शाही महिला बनेकी छिन् । उनी परम्परागत रीतिरिवाज बिना एक साधारणसंग विवाह गर्ने पहिलो हुनेछिन् ।जापानी शाही परिवारका सदस्यहरुको पासपोर्ट छैन, राजकुमारीको पहिले उनको पासपोर्टको लागी आवेदन गर्नु भन्दा पहिले एक सामान्य नागरिकको रूपमा कुमोरोसँग एक परिवार दर्ता बनाउन आवश्यक छ ।राजकुमारी माकोले कथित रुपमा आफ्नो प्रेमिकालाई ४० मिलियन येन भन्दा बढी आर्थिक सहयोग दिएको ठानिएको छ । जसमा उनले कोमुरोको शिक्षामा खर्च गरेको पैसा पनि रहेको थियो । यहि विवादका कारण मा को ले राजदरवारबाट पाउने आर्थिक सहयोग अस्विकार गरेको बताईन्छ ।कोमुरो तीन बर्षमा पहिलो पटक जापान फर्केपछि उनी अगस्ट २०२१ मा न्यूयोर्क गएका थिए । जहाँ उनले फोर्डहाम युनिभर्सिटीको कानून स्कूलमा पढाईपछि यस बर्ष मेमा ज्यूरिस डाक्टर डिग्री हासिल गरेका छन् ।जापानमा उनको फिर्तिपछि मिडियाको ठूलो ध्यान आकर्षित गरेको छ । टोकियो नजिकैको योकोहामामा आफ्नी आमासँगै बस्दै आएका उनको घर बाहिर पत्रकारहरुको भीड जम्मा भएको थियो जहाँ उनी क्वारेन्टाइन नियमहरु अनुसार सेल्फ क्वारिन्टिनमा रहेका थिए ।कुमोरो र राजकुमारी माको बिच टोकियोमा अन्तर्राष्ट्रिय क्रिश्चियन विश्वविद्यालयमा विद्यार्थीको रूपमा २०१२ मा भेट भएको थियो । अनौपचारिक रुपमा सन् २०१७ देखि प्रेममा रहेका थिए ।उनीहरुको विवाह सुरुमा नोभेम्बर ४, २०१८ मा हुने भनिएको थियो, तर एजेन्सीले उही बर्षको फेब्रुअरीमा वित्तीय विवादको बारेमा रिपोर्ट आएपछि अनुष्ठान समारोह स्थगित गर्ने घोषणा गरेको थियो ।गत बर्ष नोभेम्बरमा राजकुमारी माकोले विवाहको लागी अगाडी बढ्ने इच्छा व्यक्त गरेपनि राजदरवारले विवाहको लागि स्विकृती र प्रक्रिया अघि बढाएको थियो ।

साताकाे चर्चित
सम्बन्धित