मानेभञ्याङबाट लागु औषध सहित तीनजना पक्राउ
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

काठमाडाैं । खाँदबारी नगरपालिका-३ मानेभञ्याङबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी-३ का राजेशभगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी-४ का रवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

जाँच गर्ने क्रममा श्रेष्ठको साथबाट एक ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट एक ग्राम ६५ मिलिग्राम अफिम र  गुरुङको साथबाट ९४० मिलिग्राम अफिम प्रहरी निरीक्षक अधिकारीले बताए । पक्राउ परेकामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि जिप्रका हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई गत शनिबार नै पक्राउ गरेको भए पनि आज मात्रै सार्वजनिक छ । प्रहरीले गत साउनमा अफिमसहित खाँदवारी-७ का जय चापागाईं पक्राउ गरेको थियो ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित