किशिदाले गठन गरे मन्त्रीमन्डल
किशिदाले गठन गरे मन्त्रीमन्डल
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

जापान नवनियुक्त प्रधानमन्त्री फुमिओ किशिदाले मन्त्रीमन्डल गठन गरेका छन् ।सोमबार संसदको दुबै सदनले किशिदालाई प्रधानमन्त्रीमा अनुमोदन गरेपछि उनले मन्त्री मण्डल गठन गरेका हुन् । सुगा नेतृत्वको मन्त्री मण्डलका दुई मन्त्रीलाई उनले यथावत् राखेका छन् । मोतेगी तोशिमिचुले विदेश मनत्री र किशी नोबुओले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् । रक्षा मन्त्रीमा सुजुकी शुनिची नियुक्त भएका छन् । सुगा मन्त्री मण्डलका पूर्व सदस्य हागिउदा कोइचीलाई अर्थ, व्यापार र उद्योग मन्त्रालयको जिम्मा दिइनेछ ।किशिदाले नयाँ मन्त्रालय खोलेका छन् । कोबायाशी ताकायुकीलाई नवसृजित आर्थिक सुरक्षा मन्त्रालयको जिम्मा दिइएको छ । नयाँ मन्त्रीमण्डलमा २० जनामध्ये १३ जना नयाँ अनुहार छन् । किशिदाले अक्टोबर ३१ मा तल्लो सदनको निर्वाचनको घोषणा गर्ने योजना बनाएका छन् । सोमबारै जापानी व्यवसायहरुले नवनियुक्त प्रधानमन्त्री किशिदालाई कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रलाई उकास्ने सुनिश्चित गर्न अनुरोध गरेका थिए ।सोमबार संसदको तल्लो सदनमा भएको मतदानमा किशिदाले ३११ मत पाएका थिए । यो बहुमतका लागि आवश्यक मत भन्दा ८० भन्दा पनि बढी हो । माथिल्लो सदनमा पनि उनले बहुमतका लागि चाहिने भन्दा २० मत बढी अर्थात् १४१ मत पाएका थिए । कूटनीतिक अनुभव टन्नै भएका किशिदा तेस्रो पुस्ताको कानून निर्माता हुन् । ६४ वर्षका उनी दोस्रो विश्वयुद्ध पछिको इतिहासमा लगातार सबैभन्दा धेरै विदेशमन्त्रीको पदमा रहेका छन् ।प्रधानमन्त्री योशिहिदे सुगाले राजिनामा दिने अनि दोस्रो कार्यकालका लागि सत्तारुढ दल (एलडीपी)को अध्यक्ष पदमा नलड्ने घोषणा गरेपछि गत हप्ता भएको पार्टी निर्वाचनबाट किशिदा अध्यक्ष निर्वाचित भएका थिए । महामारीबाट चौपट भएको स्वास्थ्य उपचार प्रणाली र अर्थतन्त्रलाई पुनःजीवित बनाउन मद्दत गर्ने वाचा उनले गरेका छन् । विश्वमा जापानको प्रोफाइल बलियो बनाउँदै जापानको हितको रक्षा गर्ने वाचा पनि उनले गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित