मेरो जित नगरपालिकाको विकासको लागि पनि हो – सचिव फुयाल
मेरो जित नगरपालिकाको विकासको लागि पनि हो – सचिव फुयाल

मेरो जित नगरपालिकाको विकासको लागि पनि हो

    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

काठमाडौ ।

मेरो जित नगरपालिकाको विकासको लागि पनि हो – सचिव फुयाल काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काठमाडौको तारकेश्वर नगर सचिवमा राजु फुयाँल विजयी भएका छन् ।

उनले पार्टीको पदमा जितेको भए पनि आफूले नगरपालिका र नगरवासीको हितमा काम गर्ने बताएका छन् । केही दिनअघि भएको अधिवेशनमा उनले सम्मानजनक मत पाएर जितेका हुन् । उनले १ सय २६ मत पाएका छन् । युवा नेता फुयाँलले नगरको विकास निर्माण कार्यमा अतुलनीय योगदान गर्दै आएका छन् ।

आफूले गरेको सामाजिक कामलाई पत्याएर नै पार्टीका साथीहरुले मतदान गरेको हुनाले त्यो विश्वास घट्न नदिने उनले बताएका छन् । निर्वाचित भइसकेपछि उनले आफ्ना योजना पनि अघि सारेका छन् । उनले २० वर्ष अघिदेखि कांग्रेसको विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

फुयाँलले कांग्रेसप्रति जनताको विश्वास भएकाले आगामी दिनमा पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘म नगर सचिवमा निर्वाचित हुँदा जति खुसी छु, त्यति नै जिम्मेवारीले थिचिएको महसुस पनि गरेको छु’ उनले भने ‘ म राजनीतिमा अरुलाई दिनका लागि लागेको हुनाले जति समस्या आए पनि जुध्दै र समाधान गर्दै जान्छु ।’

उनले आफ्नो कार्यकालमा कसैले गुनासो गर्नु नपर्ने पनि स्पष्ट पारेका छन् । उनले राजनीतिसँगै समाजसेवामा पनि योगदान दिने लक्ष्य लिएका छन् । ‘मेरो जीत यसो हेर्दा कांग्रेसको लागिमात्र जस्तो देखिएको छ तर मैले नगरपालिकाका लागि नै केही गर्ने सोच बनाएको छु ।’

साताकाे चर्चित
सम्बन्धित