भेडा गोठमा आगलाागी २५ भेडाका पाठा जले
भेडा गोठमा आगलाागी २५ भेडाका पाठा जले
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

काठमाडाैं । जुम्लाको हिमा गाउँपालिका-२ स्थित भेडा गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन् । स्थानीयवासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा सहित लत्ताकपडा र भाँडकुँडा जलेर नष्ट भएको जानकारी दिए ।

चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित  १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष  माग समेत गरे ।

साताकाे चर्चित
सम्बन्धित