फुमिओ किशिदाले थाले प्रधानमन्त्रीको रुपमा काम
फुमिओ किशिदाले थाले प्रधानमन्त्रीको रुपमा काम
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

फुमिओ किशिदाले मंगलबारदेखि जापानी प्रधानमन्त्रीको रुपमा काम थालेका छन् । कार्यभार सम्हालेको र मन्त्री मन्डल गठन गरेको भोलीपल्टदेखि उनले काम थालेका हुन् । आफूले तीव्रताका साथ विविध चुनौतीहरुमा प्रतिक्रिया दिन चाहेको मन्त्रीहरुसँगको भेटघाट अगाडि उनले पत्रकारहरुलाई भने ।किशिदाले आर्थिक वृद्धिदरलाई सृदृढ बनाउने र आय असमानता पूर्ने नयाँ पूँजीवाद कार्यान्वयन गर्ने वाचा गरेका छन् । महामारीको मारमा परेका सर्वसाधारण र व्यवसायहरुलाई टेवा दिन दशौं खर्ब येन बराबरको राहत प्याकेजमा काम भइरहेको उनले बताएका छन् ।उनीसमक्ष पहिलो चुनौती भनेको अक्टोबर ३१ मा हुने लागेको आम निर्वाचनमा लिबरल डेमोक्रेटिक दल (एलडीपी)को गठबन्धको बहुमत सुनिश्चित गर्नु रहेको छ । आफूले अक्टोबर १४ मा प्रतिनिधि सभा विघटन गर्ने किशिदाले सोमबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।चुनावी अभियान भने अक्टोबर १९ देखि शुरु हुनेछ । जनादेश एलडीपी गठबन्धनको पक्षमा आयो भने यसले किशिदालाई आफ्ना नीतिहरु कार्यान्वयनमा निकै स्वतन्त्रता मिल्नेछ । मन्त्रीमण्डलमा २० मध्ये १३ जना नयाँ अनुहार छन् ।

साताकाे चर्चित
सम्बन्धित