माधव नेपाललाई अझै लाज भएको छैन ? भन्दै डा केसी
माधव नेपाललाई अझै लाज भएको छैन ? भन्दै डा केसी
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

राजनितिक विश्लेषक डा सुरेन्द्र केसीले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई लाज किन नभएको भन्दै स्वादिलो जवाफ दिएका छन् ।

ओटीभी नेपाल डक कम सँगको विशेष कुराकानीमा राजनितिक विश्लेषक डा केसीले प्रचण्डको झोला बोकेर हिडेर एमाले फुटाउँने अझ हामीले विधी र पद्धतीका लागी विद्रोह गरेका हौँ भन्न त लाज हुन पर्ने भन्दै प्रश्न तेर्साएका छन् ।

केहि दिन अघि मात्रै प्रचण्डले माधव झलनाथहरुको पार्टी बनाउँन मैले कति धेरै मेहनत गरको छु भन्ने अभिव्यक्ति दिएका थिए त्यहि अभिव्यक्ती उपर प्रतिक्रिया दिँदै डा केसीले लौ अब माधव नेपाल के भन्छन् सुनौँ त के छ यिनको विचार भन्दै प्रश्न गरेका छन् ।

प्रचण्डले यति सम्म भन्दा पनि माधव नेपालहरु चुपचाप बस्ने ? लाज हुनु पर्दैन भन्दै केसीले झपारेका छन् । कुनै समय प्रचण्डलेनै माधव नेपाललाई कल्पवृक्ष भनेको फेरी प्रधानमन्त्री बनाए पछि बिष वृक्ष भनेको प्रसंग स्मरण गर्दै डा केसीले त्यसो भए अहिले माधव नेपाल के हुन त भन्दै प्रश्न गरेका छन् ।

प्रचण्डले आत्म हत् या गर्नु पर्ने अवस्था आएको भन्ने अभिव्यक्तीमा डा कसीले यो यस प्रचण्डको नाटक मात्रै भएको बताएका छन ् । यो सब कलाकारिता मात्रै प्रचण्डले गरेको भन्दै यस्तै नाटकले आज सम्म प्रचण्डको राजनिती टिकेको पनि उनले बताए ।

ठाउँ अनुुसार हासिदिने , आवश्यक परे रोइदिने यो नै प्रचण्डको खुबि हो भन्दै डा केसीले यस्तो खुबीलेनै उनी डाइनामिक भएको पनि बताए । प्रचण्डले आत्म हत् या गर्नु भन्दा अगाडी बरु मै मर्दिन्छु भन्दै अरु कोहि कोशीमा हाम फाल्यो भने चाँही बरु अचम्म मान्न नहुने डा केसीले सुनाए

साताकाे चर्चित
सम्बन्धित