सामाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयाेगमा ‘नो मास्क, नो सर्भिस’
सामाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयाेगमा ‘नो मास्क, नो सर्भिस’
    • Bell Sanchar

    • १९ आश्विन २०७८, मंगलवार

काठमाडाैं । कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै राजविराजमा माक्स प्रयोग  सुनिश्चितता  शुभारम्भ गरिएको छ । प्रदेश-२ सरकारका समाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा यहाँ स्थित गजेन्द्र चौकमा आजदेखि सो अभियान सुरु गरिएको हो । कार्यक्रममा ‘नो मास्क, नो सर्भिस, नो मास्क, नो टक, नो मास्क इन्ट्री’ नाराका साथ प्रदेश सरकारले कोरोनाबाट जोगाउन नागरिकहरुलाई मास्क वितरण गर्न लागिएको जानकारी दिइएको थियो ।

प्रदेश सरकारका समाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना महामारीबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरे ।  उनले गरिब जनताका लागि प्रदेश सरकारले निःशुल्क मास्क  उपलब्ध गराउने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दशैँ, तिहार तथा छठ पर्वमा भीडभाड कमी गर्न र टोलटोलमा मास्कको प्रयोगबारे अभियान जारी राख्न आग्रह गरे ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा राजविराज नगरपालिका नगरप्रमुख शम्भु यादव, प्रदेश  नं २ निर्देशनालय स्वास्थ्य निर्देशक विजयकुमार झा, नागरिक  समाज थान सिंह भन्साली, प्रमुख साधना झा, नेपाल रेडक्रस सोसाइटी अध्यक्ष जोगेन्द्र  भगत र सुरक्षा निकाय सप्तरी युथ नेपाल सबल नेपाल युनिसेफ लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । यसैगरी तपाईंको मास्क खै ? भन्दै उनीहरुले निःशुल्क मास्क वितरणसमेत गरेका थिए   ।

साताकाे चर्चित
सम्बन्धित