विदेश विभागको जिम्मेवारी नपाएपछि नारायणकाजी असन्तुष्ट
    • Bell Sanchar

    • २० आश्विन २०७८, बुधबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नाराणकाजी श्रेष्ठ पार्टीको विदेश विभाग गठनलाई लिएर असन्तुष्ट देखिएका छन् । राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विभाग गठनको तयारीपछि उनको असन्तुष्टी व्यक्त भएको हो ।

श्रेष्ठले विभाग गठन भइनसकेको भन्दै ‘भ्रममा नपर्न’ अनुरोध गरेका छन् ।

‘नेकपा (माओवादी केन्द्र) को विदेश विभाग गठन भएको र त्यसमा बिभिन्न व्यक्तिहरू राखिएको भन्ने समाचार गलत हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘पार्टीले विदेश विभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’माओवादी केन्द्रीय कार्यालयनिकट स्रोतका अनुसार माओवादीले विभागमा रहने सदस्यहरूको सूची तयार गरिसकेको छ । त्यसलाई औपचारिकता दिन भने बाँकी रहेको स्रोतले बतायो । सूचीमा पूर्वमुख्यसचिव लिलामणि पौडेल, पूर्वराजदूत महेश मास्केलगायतको पनि नाम छ । स्थायी समिति वैठकमा नेताहरूले छलफल गरेपछि औपचारिक निर्णय हुनेछ ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित