प्रधानमन्त्री देउवालाई ज्यातिषीले दिए भोलिको साइत, मन्त्रिमण्डल विस्तार थप एक दिन लम्बियो
प्रधानमन्त्री देउवालाई ज्यातिषीले दिए भोलिको साइत, मन्त्रिमण्डल विस्तार थप एक दिन लम्बियो
    • Bell Sanchar

    • २० आश्विन २०७८, बुधबार
प्रधानमन्त्री देउवालाई ज्यातिषीले दिए भोलिको साइत, मन्त्रिमण्डल विस्तार थप एक दिन लम्बियो

काठमाडौं । प्रधानमन्त्री भएको तीन महिनासम्म मन्त्रिमण्डललाई पूर्णता दिन नसकेर बद्नाम हुँदै गएका प्रधानमन्त्री शेरबहादुर देउवालाई उनका आफ्नै ज्योतिषीले थप एक दिन ढिला गराइदिएका छन्।                                                                               सत्ता गठबन्धनका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवकाबीच मन्त्रालयको भागबण्डा पूरा भएपछि असोज २० गते बुधबार नै नयाँ मन्त्रीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको थियो। तर, कहिले मन्त्रिमण्डल विस्तार गर्दा साइत पर्छ ? भनेर प्रधानमन्त्री देउवाले उनका ज्योतिषलाई सोधेको र ज्योतिषले बुधबारको साइत उपयुक्त नभएको बताएपछि मन्त्रिमण्डल विस्तारको काम थप एक दिनलाई पर सरेको छ।बालुवाटारनिकट स्रोतका अनुसार, ज्योतिषी सुरेशचन्द्र रिजालले असोज २१ गते घटस्थापनका दिनको साइत राम्रो हुन्छ भन्ने सल्लाह देउवालाई दिएका थिए। ज्योतिषीले एक दिनको समय सारिदिएपछि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका नेताहरुलाई विहीबारमात्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी गराएका छन्।उता सत्ता गठबन्धनका दलहरु भित्र भने समय थप हुँदा तय भएसकेको मन्त्री पद खुस्कने पो हो कि वा तय भइसकेको मन्त्रालय पो हेरफेर हुने हो कि भन्न सकस पनि बढेको छ। शपथ नहुन्जेल त केही भन्न सकिएन नि? एक सम्भावित मन्त्रीले डिसी नेपालसंग भने, ‘ताकिएको मन्त्रालय हेरफेर पनि हुनसक्छ वा अन्तिममा सन्तुलन मिलाउने नाममा पार्टी नेताले नाम नै हेरफेर गर्न सक्छन् त्यसैले अहिले नै म भोलिको मन्त्री भनेर कसरी भनौं?’विगत केही हप्तादेखि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालेसमेत सत्तामा भाग खोजेका कारण अड्किएको भनिएको मन्त्रिमण्डल विस्तारको काम राणाको भाग पनि देउवाकै कोटाबाट पूर्ति गरिदिने सहमति भएको बताइएको छ। फेरि अर्को कुनै अड्को आइलागेन भने भोलि घटस्थापनाको दिन देउवाको मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ।

साताकाे चर्चित
सम्बन्धित