सप्तरीकाे रुपनी गाउँपालिकामा एक युवती मृत फेला
सप्तरीकाे रुपनी गाउँपालिकामा एक युवती मृत फेला
    • Bell Sanchar

    • २० आश्विन २०७८, बुधबार

काठमाडाैं । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन्  । रुपनी गाउँपालिका-२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ  । मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन  ठीक नरहेको भन्दै आफैं रूखमा झुन्डिएको हुन सकिने बताइएको छ । घटनाबारे थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मानसिक रोगी चाँदानी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित