टोकियोमा थपिए १४९ संक्रमित
टोकियोमा थपिए १४९ संक्रमित
    • Bell Sanchar

    • २० आश्विन २०७८, बुधबार

राजधानी टोकियोमा बुधबार १४९ जनामा कोरोना भाइरसको संक्रमण पूष्टि भएको महानगर सरकारले बताएका छ । संक्रमितको यो संख्या गत हप्ताको सोही बारको तुलनामा ११८ कम हो भने मंगलबारको भन्दा चाँहि ५ धेरै हो ।योसँगै राजधानीमा लगातार ५ औं दिन पनि दैनिक संक्रमण २०० भन्दा तल रहेको छ । बुधबारको संक्रमण दर यस वर्षको अहिलेसम्मको अवधिमा यस बार देखिएको अहिलेसम्मकै न्यून हो । योसँगै टोकियोमा विगत एक हप्ताको दैनिक औसत संक्रमण १६५ मा आएको छ ।                    सेप्टेम्बरमा राजधानीमा कूल ३१ जर ८४२ जनामा संक्रमण भएको थियो ।यसको अर्थ त्यतिबेलाको दैनिक औसत संक्रमण १ हजार ६१ दशमलव ४ रहेको छ । अगष्टमा यो संख्या ४ हजार ५१ द्यशमलव ८ थियो । टोकियोमा अस्पतालमा उपचारत् कोभिडका गम्भीर बिरामीको संख्या बुधबार ७७ रहेको छ ।यो अघिल्लो दिनको भन्दा ३ धेरै भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । देशभर गम्भीर बिरामीको संख्या ६१२ रहेको छ । यो मंगलबारको तुलनामा ४३ कम हो । देशभरमा भने कोभिडका १ हजार १२६ संक्रमित थपिएका छन् । ओसाका सबैभन्दा धेरै २०९ संक्रमित देखिएका थिए । उक्त दिन देशभरमा कोभिडका कारण २६ जनाको मृत्यु भएको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित