अमेरिकाबाट विरही कार्कीले ल्याए परदेशीका लागी मार्मिक गीत
अमेरिकाबाट विरही कार्कीले ल्याए परदेशीका लागी मार्मिक गीत
    • Bell Sanchar

    • २१ आश्विन २०७८, बिहीबार

अब यतै फुल्ने भो केश
तिमी परदेश म पनि परदेश
बिरानो भो अव त घरदेश
धन कमाउने आशैमा परदेश
परशदेशमा हुनेहरुको मन घरदेशको यादले यसरी नै कटक्क खान्छ । तर पनि मनमा घरदेशको माया बोकेर परदेशमा रुमल्निेहरु परदेशीहरुको कथा व्यथा कम्ति पीडादायक छैन । झनै चाडपर्व आउदा मन घरदेशको मन अमिलो हुन्छ युवा लोक तथा दोहोरी गायक विरही कार्की यतिखेर विदेशमा छन् ।
अमेरिकामा रहेका यी गायकले दशै तथा तिहारको मुखमा आएर परदेशी दाजुभाई तथा दिदीबहिनीको यथार्थलाई प्रतिनिधित्व गदै परदेश नामको गीत सार्वजनिक गरेका छन् । गीतमा उनले परदेश रहर नभएर कहरको कुरा गरेका छन् । कार्कीकै संगीत र रचनाको यो गीतमा उनकै स्वर रहेको छ भने गायिकामा शान्तिश्री परियार रहेकी छिन् ।
मालश्री स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका छन् । गीतको म्युजिक भिडियो समेत मार्मिक बनेको गीतमा जीवन भट्टरँइ र लक्ष्मी बर्देवाले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् । राजेश घिमिरेको छायाङकन रहेको गीतको सम्पादन नबिन घर्तिले गरेका छन् । गीत गायक, संगीतकार तथा गीतकार बिरही कार्कीको अफिसियन युटयुब च्यानलबाट सार्वजनिक भएको हो ।

साताकाे चर्चित
सम्बन्धित