जापानमा पेट्रोलको भाउ ३ वर्षकै उच्च बिन्दुमा
जापानमा पेट्रोलको भाउ ३ वर्षकै उच्च बिन्दुमा
    • Bell Sanchar

    • २१ आश्विन २०७८, बिहीबार

जापानमा पेट्रोलको भाउ बढेर करीब ३ वर्षकै उच्च स्तरमा उक्लिएको छ । जापानको तेल सूचना केन्द्रले बताएअनुसार सोमबारसम्ममा प्रतिलिटर पेट्रोलको भाउ १६० येन (१ डलर ४३ सेन्ट) पुगेको छ ।                                                                यो एक हप्ता अघिको तुलनामा १ दशमलव ३ येन धेरै हो । योसँगै लगातार पाँचौं हप्ता पनि पेट्रोलको भाउ बढेको छ । अगष्टमा अमेरिकाको दक्षिणी भेगमा समुद्री आँधीले वितन्डा मच्चाएर यता कच्चा तेलको भाउ बढिरहेको छ । यस क्षेत्रमा कयौं तेल उत्पादन केन्द्रहरु रहेका थिए ।रुसजस्ता प्रमुख तेल उत्पादकहरुले आफ्नो उत्पादन यथावत् राख्ने बताएकोले निकट भविष्यमा पनि तेलको भाउ महँगो भइरहने तेल सूचना केन्द्रले बताएको छ ।  आउँदै गरेको जाडो यामको लागि यूरोपले तेलको सञ्चिति बढाउन खरिद बढाइरहेकोले यो समस्या झनै बढ्न सक्ने बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित