सत्ता गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका छन् । बालुवाटारमा विहीबार बसेको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो ।
विहीबारको सहमति बमोजिम दलहरुले आन्तरिक तयारी गरेको अवस्थामा शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
मन्त्रालय बाँडफाँडको टुंगो लाग्यो । शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ, ४ बजे शपथ गराउने गरी तयारी भएको छ,’ बालुवाटार श्रोतले भन्यो ।
नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति गरेका छन् ।