टोकियोमा गयो ६.१ म्याग्निचुटको भूकम्प
टोकियोमा गयो ६.१ म्याग्निचुटको भूकम्प
    • बेल संचार

    • २१ आश्विन २०७८, बिहीबार

जापानको राजधानी टोकियो क्षेत्र भएर भूकम्पको ठुलो धक्का महसुश गरिएको छ ।अक्टोबर ७ तारिख रात १० बजेर ४१ मिनेटको समयमा ६.१ म्याग्निचुटको भूकम्प गएको हो ।टोकियो र आसपासका क्षेत्रमा भुकम्पले डर लाग्दो गरि हल्लाउंदा धेरै ब्यक्ती आत्तिएका थिए ।                                                 टोकियोसंगैको चिवा प्रिफेक्चरमा ८० किलोमिटर गहिराइमा केन्द्र बिन्दु भएर भूकम्प गएको यहाँको मौसम सम्बन्धी सस्थाले बताएको छ ।                                                                                पुन हालकै स्तरको भूकम्प आउनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।हालको भूकम्पबाट सुनामी लगायत खतरा भने नरहेको एजेन्सिले जनाएको छ ।जापानमा कुनै पनि समयमा भुकम्प जान सक्ने भएको हुनाले, तयारी अवस्थामा रहन एकदमै जरुरी रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित