देउवापछि केपी ओली नै प्रधानमन्त्री बन्ने ज्योतिषीको खुलासा
देउवापछि केपी ओली नै प्रधानमन्त्री बन्ने ज्योतिषीको खुलासा
    • Bell Sanchar

    • २१ आश्विन २०७८, बिहीबार

ज्योतिष बिहंगमराज तिमिल्सिनाले देशमा अहिले गणतन्त्रको विकल्प नभएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामात्रै नभएर सबै नेताले ज्योतिषशास्त्रलाई विश्वास गर्ने बताए ।                                  उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि ज्योतिष शास्त्रमा विश्वास गर्ने दाबी गरे । उनले देउवापछि मुलुकमा फेरि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भविष्यवाणी गरे । उनले भने,‘अहिलेसम्म मैले गरेको भविष्यवाणी सबै भेरिफाईड भएका छन् । सबै पुष्टि भएका छन् । अब शेरबहादुर देउवापछि केपी ओली नै प्रधानमन्त्री हुनुहुन्छ । उहाँ योग्य र शक्तिशाली प्रधानमन्त्री बन्नुहुन्छ ।’उनले देउवा चुनाव लडे पार्टीको सभापतिमा विजयी हुने दाबी गरे । माधव नेपालको भविष्य भने कमजोर रहेको उनको दाबी छ । त्यस्तै, उनले पूर्वराजा ज्ञानेन्द्र शाह तत्काल जनताले आईदिनुपर्यो भनेपनि शाह आउने अवस्था नरहेको जिकिर गरे ।                                                                  उनले नेपाल हिन्दूराष्ट्र बन्नुको विकल्प नभएको उल्लेख गर्दै भविष्यमा नेपाल हिन्दूराष्ट्र हुने पनि दाबी गरे । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री देउवाबीचको रसायन पनि मिल्ने जिकिर गरे ।

साताकाे चर्चित
सम्बन्धित