सपथका लागि दौरा सिलाएका मेटमणि चौधरीलाई मन्त्री बन्ने दौउडबाट आउँट !
सपथका लागि दौरा सिलाएका मेटमणि चौधरीलाई मन्त्री बन्ने दौउडबाट आउँट !
    • Bell Sanchar

    • २२ आश्विन २०७८, शुक्रबार

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ ।तर नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने चर्चामा रहेका मेटमणि चौधरीले मन्त्रिपरिषद्मा अवसर नपाउने भएका छन् ।                                                          शक्तिशाली मन्त्री पाउने आशा गरेका मेटमणिलाई नेकपा एसले यसपटक मौका नदिने भएको हो । मेटमणिले मन्त्री बन्ने भन्दै तयारी समेत गरेका थिए ।स्रोतका अनुसार उनले सपथका लागि दौरा सुरुवाल समेत तयार गरेका थिए । अब विस्तार हुने मन्त्रिपरिषदमा मेटमणि पक्का मन्त्री बन्ने भन्दै उनी निकटका नेता कार्यकर्ता खुसी भएका थिए ।तर अन्त्यमा उनका लागि त्यो खुसी क्षणिक मात्रै बनेको छ ।नेकपा एसका सांसद विरोध खतिवडाले समाजवादीबाट सरकारको नेतृत्व गर्ने निर्णय भएको छ । उनलाई शहरी विकास मन्त्रीमा पठाउने निर्णय अध्यक्ष माधव नेपालले गरेका छन् ।त्यसैगरी रामकुमारी झांक्री स्वास्थ्य, प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उडयन र किसान श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रुपमा शुक्रबार सपथ खांदैछन् । समाजवादीले भवानी खापुङलाई राज्यमन्त्री बनाउने भएको छ ।यता माओवादीबाट भने उर्जामन्त्री पम्फा भुसालले सरकारको नेतृत्व गर्ने भएकी छन् ।                                                        माओवादीबाट सरकारमा सहभागी हुन लागेका देवेन्द्र पौडेलले शिक्षा,शशि श्रेष्ठ खानेपानी र महेश्वर गहतराज भुमिसुधारमन्त्रीका रुपमा सपथ खाने टुंगो लागेको छ ।नवनियुक्त मन्त्रीहरुको शुक्रवार सांझ ४ बजे सपथ ग्रहण गर्ने कार्यक्रम राखिएको छ । हाल स्वास्थ्यराज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउने तयारी छ ।

साताकाे चर्चित
सम्बन्धित