दिल्लीमा उच्च राजनैतिक भेटघाटमा व्यस्त आलम
दिल्लीमा उच्च राजनैतिक भेटघाटमा व्यस्त आलम
    • Bell Sanchar

    • २२ आश्विन २०७८, शुक्रबार

काठमाण्डौ – भारत भ्रमणमा रहेका मातृभूमि अभियान प्रदेश २ का अध्यक्ष तबरेज आलम भारतको राजधानी दिल्लीमा उच्च राजनैतिक भेटघाटमा व्यस्त छन् ।

गएको बिहीबार भारत भ्रमणमा निस्किएका आलमले भारतीय सत्तारूढ दल भाजपाका महामन्त्री साबिर अलीसँगको भेटघाट बाट राजनैतिक भेटघाटको सुरुवात गरेका आलमले ईण्डियण ईस्लामिक कल्चरल सेन्टरका डाइरेक्टर एवं राष्ट्रियसभाका सेक्रेटरी बद्रुद्दिन खान लगायतका प्रभावशाली नेताहरुसँग भेटघाट गरेका थिए ।

यस्तै सोमबार बिजेपीका दिल्ली अध्यक्ष एंव नेपाल मालमलाका जानकार डाक्टर बिजय जोलीसँग भेटघाट गरेका छन् । नेता जोलीसँग दुई देशको सम्बन्धलाई कसरी प्रगाढ बनाउने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको आलमले जानकारी दिए ।

मातृभूमि अभियान प्रदेश २ का अध्यक्ष आलमले वरिष्ठ नेता जोलीलाई दिपावलीमा नेपाल भ्रमणको निमन्त्रणा गरेको र त्यसप्रति नेता जोलीले सकारात्मक जवाफ दिएको आलमले जानकारी दिए ।

साताव्यापी भारत भ्रमणमा रहेका आलमले भारतीय गृहमन्त्री अमीत साह सहित उत्तराखण्डका मुख्यमन्त्री लगायतकासँग भेटघाट गर्ने कार्यतालिका रहेको आलमले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित