मन्त्रीहरुको सपथग्रहण समारोहमा गएनन् प्रधानन्यायाधीश
मन्त्रीहरुको सपथग्रहण समारोहमा गएनन् प्रधानन्यायाधीश
    • Bell Sanchar

    • २२ आश्विन २०७८, शुक्रबार

नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोहमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित् भएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा शुक्रबार साँझ भएकाे सपथग्रहण समारोहमा प्रधानन्यायाधीश जबरा नगएका हुन् ।                      मन्त्रिमण्डलमा भागबण्डा खोजेको भन्ने समाचार आएकै बेला प्रधानन्यायाधीश जबराका जेठान गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आर्पूितमन्त्री बनाएका छन् । आफ्नो नाम जोडेर आएका व्यक्ति नै मन्त्री भएको कारण प्रधानन्यायाधीश जबराले आजको सपथग्रहण समारोह बहिष्कार गरेको हुनसक्ने अनुमान गरिएको छ ।                                 हमाल कांग्रेसका पूराना नेता हुन् । देउवाले पार्टी विभाजन गरेर कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा उनी बाँकेको सभापति थिए । प्रधानमन्त्री देउवाले सरकार गठनकाे ८८औं दिनमा आज  सरकारलाई पूर्णता दिएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित