मन्त्री झाँक्रीले कार्यभार सम्हालदै दिईन यस्तो प्रतिक्रिया
    • Bell Sanchar

    • २२ आश्विन २०७८, शुक्रबार

आज नवनियुक्त सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर झाँक्रीले कार्यभार सम्हालेकी हुन् ।

पदभारपछि आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरी विकासको क्षेत्रमा देखिएका नीतिगत समस्याहरू समस्याहरू समाधान गर्ने बताइन् । उनले सहरीकरणलाई व्यवस्थित गर्न अहिलेको अवस्थाका विकासका योजनाहरूलाइ परिवर्तन गर्नुपर्ने धारणा राखिन् ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित