मन्त्री आलेले पदभार ग्रहण गर्दै दिए यस्तो प्रतिक्रिया
मन्त्री आलेले पदभार ग्रहण गर्दै दिए यस्तो प्रतिक्रिया
    • Bell Sanchar

    • २२ आश्विन २०७८, शुक्रबार

अहिले तीन वर्षअघि वाइडबडी विमान खरिदमा लेखा समितिबाट सर्वाधिक आलोचना गर्नेमध्येका सांसद प्रेमबहादुर आले शुक्रबार शपथ लिई सकेपछि जब पर्यटन मन्त्रालयले छिरे उनको मन्त्रालयलप्रतिको असन्तुष्टि कायमै देखियो । मन्त्रालयमा कर्मचारीले आयोजना गरेको स्वागत कार्यक्रममा उनले हालकै यथास्थितीमा पर्यटन मन्त्रालय चलाउन नसकिने भनिदिए  ।

९९ दिनदेखि ट्रेड युनियनको आन्दोलन जारी रहेको निगमप्रति नै उनको आलोचना धेरै रह्यो । उनले नियमित उडान नगराई जहाज घाममा सुतिरहेको र बेलैमा जहाज उडाउन नसकेकोमा असुन्तुष्टि पोखे ।

‘यो तालले पर्यटन मन्त्रालय चलाउन सकिँदैन । वाइडबडीको मात्रै २७/२८ अर्ब ऋण छ । तर, हाम्रा जहाज घाममा सुतिरहेका छन् । जहाज घाममा सुकाएर पैसा त आउँदैन, त्यसलाई युज गर्नु पर्‍यो । उडाउनु पर्‍यो,’ उनले भने ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षत्री पनि सहभागी भएको कार्यक्रममा उनले दुवै जनालाई इंगित गर्दै भने, ‘पहाडका जिल्लामा १०/१५ करोडका एयरपोर्ट बनेका छन् । तर हामीसँग जहाज छैन । टुइनटर, एटीआरको अभाव छ । त्यतातिर पनि हाम्रो ध्यान जानु पर्छ ।’

साताकाे चर्चित
सम्बन्धित