मन्त्रीमण्डल विस्तार : खतरनाक प्रबृत्ति र घृणित खेल – नेता रावल
मन्त्रीमण्डल विस्तार : खतरनाक प्रबृत्ति र घृणित खेल – नेता रावल
    • Bell Sanchar

    • २२ आश्विन २०७८, शुक्रबार

आज  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा गजेन्द्र हमालको प्रवेशलाई घृणित खेल भएको आरोप लगाएका छन् । देउवा क्यविनेटमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवराले समेत भाग पाएपछि नेपालको राजनीतिमा अदृश्य खेलाडीहरु सतहमा आउन थालेका छन् । र, यसको उग्र विरोध पनि हुन थालेको छ । राणाका तर्फबाट उनका जेठान गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आक्रोश पोख्दै रावलले मन्त्रीमा हमालको नियुक्तिले नेपालको राजनीतिमा खतरनाक प्रबृत्ति र परम्परा एवं घृणित खेललाई प्रवेश गराएको टिप्पणी गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढालेर प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवालाई नियुक्ति दिन प्रधानन्यायाधीश राणा नेतृत्वको संबैधानिक इजलासले ठाडो आदेश दिएको दिएको थियो । यसरी देउवालाई प्रधानमन्त्री नियुक्त गरिपाउँ भनेर निवेदन दिनेमध्येमा एमाले नेता रावल पनि एक थिए । पाछि दल विभाजन हुँदा रावलले पार्टीमै बस्ने निर्णय गरेका थिए । उनी माधव नेपाल नेतृत्वको विभाजित समूहले बनाएको नेकपा(एस)मा गएनन् ।

संबैधानिक निर्णयहरुमा राजनीतिक भागभण्डा भएको र त्यसमा प्रधानन्यायाधीश स्वयंको संलग्नता रहेको कुरा सार्वजानिक हुन थालेको भए पनि ओली सत्तामा पनि राणाले विभिन्न संबैधानिक पदहरुमा भाग पाएकै थिए । निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, समावेशी आयोगजस्ता विभिन्न आयोगहरुमा उनका मानिसहरुले नियुक्ति पाएका छन् । देउवाकालमा मन्त्री नै भाग पाएपछि मुलुकका राजनीतिक खेलाडीहरु एकाएक झस्किएका छन् । यसै सन्दर्भमा एमाले नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘सर्बोच्च अदालतका प्रधान न्यायाधीशसंगको सांठगांठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खबरले प्रम देउवा र गठबन्धनका नेताहरुको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदाङ्ग भएको छ । यसले नेपालको राजनीतिमा खतरनाक प्रबृत्ति र परम्परा एवं घृणित खेललाई प्रवेश गराएको छ ।’

साताकाे चर्चित
सम्बन्धित