गत असोज ६ गते सम्झौतापत्रमा हस्ताक्षर भएपनि सम्झौतापत्र आज शुक्रबार मात्रै सार्वजनिक भएको हो।
गत असोज ६ गते सम्झौतापत्रमा हस्ताक्षर भएपनि सम्झौतापत्र आज शुक्रबार मात्रै सार्वजनिक भएको हो।
    • Bell Sanchar

    • २३ आश्विन २०७८, शनिबार

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत)बीच पार्टी एकीकरण भएको छ। दुवै पार्टीले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्न सहमत भएको पार्टी एकीकरणको सम्झौतापत्रमा उल्लेख गरिएको छ।

एकीकरणपछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहनेछ भने चुनाव चिह्न कलम हुनेछ। नेकपा (एकीकृत)ले कलम चिह्न दर्ता गराएको थियो भने नेकपा (एकीकृत समाजवादी)ले भने चुनाव चिह्नको टुंगो लगाइसकेको थिएन।

पार्टीको झन्डा कम्युनिस्ट पार्टीको परम्पराअनुरूप रातो पृष्ठभूमिमाथि बायाँपट्टि हँसिया–हथौडाअंकित रहनेछ। गत असोज ६ गते सम्झौतापत्रमा हस्ताक्षर भए पनि सम्झौतापत्र आज शुक्रबार मात्रै सार्वजनिक भएको हो।

साताकाे चर्चित
सम्बन्धित