मुख्यमन्त्री आचार्यले दशैंपछि मात्रै विश्वासको मत लिने
मुख्यमन्त्री आचार्यले दशैंपछि मात्रै विश्वासको मत लिने
    • Bell Sanchar

    • २३ आश्विन २०७८, शनिबार

२ असोज, विराटनगर । अल्पतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेको एक सांसदले जानकारी दिए । ती सांसदका अनुसार बैठकमा मुख्यमन्त्री आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने बताएका थिए ।  विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने उनको भनाइ छ ।नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद हिक्मतकुमार कार्कीले दशैंअघि समय नपुग्ने भएकोले दशैंपछि मात्रै विश्वासको मत लिने बताए ।

साताकाे चर्चित
सम्बन्धित