गजेन्द्र हमाल कांग्रेस हो, कांग्रेसकै कोटाबाट मन्त्री हुनुभयो : प्रचण्ड
गजेन्द्र हमाल कांग्रेस हो, कांग्रेसकै कोटाबाट मन्त्री हुनुभयो : प्रचण्ड
    • Bell Sanchar

    • २३ आश्विन २०७८, शनिबार

२३ असोज, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेको बताएका छन् ।

सांसदसमेत नरहेका र पछिल्लो समय राजनीतिमा निष्क्रिय जस्तै हमाल शुक्रबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए ।

हमाल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका जेठान हुन् । उनी राणाकै कोटाबाट मन्त्री बनेको आरोप लागेपछि चितवन पुगेका प्रचण्डले हमाल कांग्रेसकै नेता भएको र कांग्रेसकै कोटाबाट मन्त्री बनेको जिकिर गरेका हुन् ।

हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री भएको भन्ने कुरा गलत भएको उनले बताए । र, सांसद नभएका व्यक्ति मन्त्री हुनु नयाँ कुरा नभएको  उनको भनाइ छ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चितवन जस्ता जिल्लामा समझदारीका साथ गठबन्धन बनाएर निर्वाचनमा जाने पनि बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित