चितवनमा दैनिक ४ लाख अण्डा उत्पादन घट्यो
चितवनमा दैनिक ४ लाख अण्डा उत्पादन घट्यो
    • Bell Sanchar

    • २३ आश्विन २०७८, शनिबार

आज २६औँ विश्व अण्डा दिवस । अण्डा उत्पादनमा आत्मनिर्भर भएको मुलुक नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । नेपालमा कोरोना महामारीका कारण अण्डाको उत्पादन घटेको छ ।

 

नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार कोरोनापछि नेपालमा दैनिक ३० लाख गोटा उत्पादन भइरहेको छ । कोरोना अघि दैनिक ६० लाख गोटा उत्पादन हुने गथ्र्याे । चितवनमा मात्रै दैनिक चार लाख गोटाले अण्डा उत्पादन घटेको मञ्चले जनाएको छ । जिल्लामा हाल दैनिक ८ लाख गोटा अण्डा उत्पादन भइरहेको छ ।

अण्डाको उत्पादन घट्दा मूल्य भने आकासिएको छ । बजारमा अहिले अण्डा प्रति क्रेट ४ सय १५ रुपैयाँमा बिक्री भइरहेको छ । अण्डाको मूल्य प्रतिक्रेट ४१५ रुपैयाँ पुग्दा पनि अण्डा उत्पादक भने खुसी छैनन् । कुखुरालाई खुवाउने दानाको मूल्य पनि अत्यधिक बढेकाले बढेको अण्डको मूल्यले आफुहरुलाई फाइदा नभएको मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले बताउनुभयो ।

दुई वर्षअघि एक क्रेट ठूलो अण्डाको मूल्य दुई सय रुपैयाँ थियो । कोरोना महामारी सुरु हुनुअघि पनि करिब तीन सयको हाराहारीमा थियो ।

महामारीका बेला किसानका अण्डा सहज रुपम बिक्री हुन सकेन । कुखुरालाई लामो समयसम्म महंगो दाना खुवाएर पाल्नुपर्दा किसानहरु घाटामा पुगेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित