स्कारपियोको ठक्करबाट बालकको मृत्यु
स्कारपियोको ठक्करबाट बालकको मृत्यु
    • Bell Sanchar

    • २३ आश्विन २०७८, शनिबार

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा स्कारपियोको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ बस्ने तुलसी चौधरीका १० वर्षीय छोरा सुशील रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना२च ३७५४ नंको स्कारपियो गाडीले उनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका उनलाई एक निजी क्लिनिकमा सामान्य उपचार गराई घर फर्किने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । यता दुर्घटना गराउने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित