प्रथम राष्ट्रपति बनिसाद्रको ८८ वर्षको उमेरमा निधन
    • Bell Sanchar

    • २३ आश्विन २०७८, शनिबार

काठमाडौं । इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

इरानमा १९७९ क्रान्तिपछि  बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका थिए। उनी एक राजनीतिज्ञ र अर्थशास्त्री हुन् । सन् १९७९ को क्रान्तिपछि अमेरिका समर्थित राजतन्त्रात्मक देश इरान इस्लामिक विचारधारा अन्तर्गत गणतन्त्रमा परिणत भएको हो ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित