इन्द्रेणीका कृष्ण कंडेल अन्तत पुगे दोहोरी च्याम्पियनमा,रिता रावत र प्रकाश पराजुली मध्ये कसले जित्ला?यस्तो छ अनुमान
इन्द्रेणीका कृष्ण कंडेल अन्तत पुगे दोहोरी च्याम्पियनमा,रिता रावत र प्रकाश पराजुली मध्ये कसले जित्ला?यस्तो छ अनुमान
    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार

नेपालको मौलिक रियालिटी सो दोहोरी च्याम्पियनको पहिलो सो दोहोरी च्याम्पियनको आजको भागमा इन्द्रेणीका संचालक कृष्ण कंडेल देखिने भएका छन।उनि संगै इन्द्रेणी टिमनै उक्त कार्यक्रममा देखिने भएका हुन्।उक्त कार्यक्रम अब फाइनल राउण्डको लागि भिडन्तमा प्रबेस भएको छ।आज आउने रिजल्ट पछि एक टिम फाइनलमा जाने छ।                                                   इन्द्रेणीका पुरै टिम पुगेर उक्त कार्यक्रममा बिशेष प्रस्तुति देखाइएको छ।कार्यक्रममा इन्द्रेणीका कंडेल संगै उनकी श्रीमती प्रतिमा पनि पुगेकी छिन भने छत्र शाही,कृष्ण बजागाई,मनमाया वाइबा लगाएतका कलाकारहरु इन्द्रेणीमा देखिएका छन भने कृष्ण कंडेलले गाएको दोहोरी समेत बाहिरिएको छ।उक्त प्रोमोमा कृष्ण कंडेलले दोहोरी च्याम्पियनको प्रशंसा गरेका छन। आजकै दिन दोहोरी च्याम्पियन बाट रिता रावतको टिम र प्रकाश पराजुलीको टिम मध्ये एक टिम बाहिरिने पक्का छ।उक्त दुई टिम मध्ये एक टिम बाहिरिने भए संगै एक टिम फाइनल मा जाने छ भने अर्को टिम बाहिरिएर पनि फेरी टप ३ को लागि लड्ने आयोजक टिमका प्रस्तोता बद्री पंगेनील जानकारी दिनु भयो। गत हप्ता रीताको प्रस्तुति धेरै राम्रो देखिएको थियो भने सबिनको प्रस्तुतिमा थोरै फितलो देखिएको थियो।उता प्रकाश पराजुली र मिना बुढाथोकीको प्रस्तुति भने दमदार रहेको थियो सोहि कारण पनि यो पटक दर्शकले कसलाई बढी मत दिन्छ भन्ने प्रश्न बढीनै उठेको छ।कमेन्टमा प्रकाश र मीनाको नाम बढी देखिएपनि रीताको टिम पनि अघिल्लो राउण्डहरुमा जित्दै आएको र यो पटक पनि जित्ने होकी आस देखिएको छ। जुन टिमले जिते पनि दोहोरी च्याम्पियनको अबको यात्रा अझै बिशेष हुने देखिन्छ।

साताकाे चर्चित
सम्बन्धित