प्रचण्डलाई भक्तपुर होइन मनोहरा फाँटबाटै लखेट्न नपरोसः महेश बस्नेत
प्रचण्डलाई भक्तपुर होइन मनोहरा फाँटबाटै लखेट्न नपरोसः महेश बस्नेत
    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार

नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद एवं राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेसँग निहुँ नखोज्न चेतावनी दिएका छन।                                         विजया दशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आज सल्लाघारीमा आयोजना गरेको शुभकामना, चियापान तथा साँस्कृतिक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन ।हिजो भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता बस्नेतको विरुद्ध अध्यक्ष प्रचण्डले संशोधनवादी तथा डनवादी भन्दैलाई देशैभरबाट लखेट्नुपर्ने र त्यसको शुरुवात भक्तपुरबाट गर्नेपर्ने भन्दै अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई काउण्टर जवाफ दिँदै नेता बस्नेतले चेतावनी दिएका हुन ।युवा संघका कार्यकर्तालाई इशारा मात्रै गरे पनि गाउँगाउँबाट उनीहरुलाई लखेट्ने सकिन्छ तर एमाले लोकतन्त्रमा विश्वास गर्ने भएर त्यस्तो इशारा नदिएको नेता बस्नेतले बताए, “प्रचण्डको ज्यादती बिरुद्ध लड्ने व्यक्ति महेश बस्नेत हो, कस्ता कस्ता कहाँ गए, मुसाको छोरा दरबार ।बिचरा प्रचण्ड र तिनको शुम्भ, निशुम्भले मलाई लखेट्ने रे, प्रचण्डले इतिहास फर्केर हेरे हुन्छ, ठाउँ ठाउँमा युथ फोर्सले, युवा संघले लखेटेको सम्झे हुन्छ, फेरी पनि धेरै निहुँ खोजे भक्तपुर छिर्न त के मनोहरा फाँटबाटै लखेट्न नपरोस् ।”जनयुद्धका नाममा हत्या, हिंसा, धम्की, अपहरण, लुटतन्त्र मच्चाएर देश कब्जा गर्न गठन गरेको वाईसिएससँग पहिलो पटक प्रतिवाद गर्ने तत्कालिन युथ फोर्स र महेश बस्नेत हो भन्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद बस्नेतले प्रचण्डतर्फ संकेत गर्दै भने, “इतिहास नकोट्याउनुस्, तपाईका शुम्भ निशुम्भलाई बनेपाका टुपी ठाडो पारेर भगाएको बिर्सनु भयो, राजन दाहाललाई तह लगाउने यहीँ युवा संघ, हो, युथ फोर्स हो, रातोमाटेबाट लखेटेको बिर्सनु भो, रामेछापमा भीडबाट ढुङ गुडाएर तामाकोशी खसालेर हत्या गर्न खोज्न काठमाडौँबाट युथ फोर्स गएर तह लगाएको बिर्सनु भो, इतिहास हेर्नुहोस्, हामीले लखेटेका दिन सम्झनुहोस् ।”

साताकाे चर्चित
सम्बन्धित