विप्लवले प्रचण्डलाई सोधे, ‘ओलीसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन हुन्छ कि हुँदैन ?’
विप्लवले प्रचण्डलाई सोधे, ‘ओलीसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन हुन्छ कि हुँदैन ?’
    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर बुधवार अपराह्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

आजको भेटवार्ता केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरिएको सहमति कार्यान्वयनको विषयमा केन्द्रित भएको नेता बास्तोलाले रातोपाटीलाई बताए । ओली सरकार तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरूको रिहाइको माग गर्दै आइरहेको छ ।

‘विप्लव कमरेडले प्रचण्डसँग पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्छ कि गर्दैन भनेर चासो व्यक्त गर्नुभयो,’ बास्तोलाले भने, ‘धेरै नेता कार्यकर्ता रिहाइ हुन बाँकी छन् । त्यसबारे पनि छलफल भयो ।’ विप्लवको जिज्ञासाको जवाफमा प्रचण्डले वर्तमान सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको पनि बास्तोलाले जानकारी दिए ।

यसको साथै आजको भेटमा देशमा भएको पछिल्लो राजनीतिक उथलपुथलको बारेमा पनि छलफल भएको उनले बताए । ‘पार्टी एकताको विषयमा केही कुराकानी भयो कि ?,’ भन्ने प्रश्नमा भने उनले त्यसबारे कुनै छलफल नभएको तर निश्चित विषयमा सहकार्य गर्दै अघि बढ्ने कुरामा भने सहमति भएको रातोपाटीलाई बताए ।

साताकाे चर्चित
सम्बन्धित