विमान दुर्घटना हुदा सोह्रको मृत्यु
विमान दुर्घटना हुदा सोह्रको मृत्यु
    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार

रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ ।

यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।

दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

साताकाे चर्चित
सम्बन्धित