चितवनमा बसको ठक्करले बालकको निधन, स्थानीयको प्रदर्शन रोक्न अश्रुग्यास प्रहार
चितवनमा बसको ठक्करले बालकको निधन, स्थानीयको प्रदर्शन रोक्न अश्रुग्यास प्रहार
    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार
चितवनमा बसको ठक्करले बालकको निधन, स्थानीयको प्रदर्शन रोक्न अश्रुग्यास प्रहार

चितवन — बसको ठक्करबाट बालकको मृत्युलाई लिएर भएको विरोध प्रदर्शन रोक्न चितवन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । आइतबार दिउँसो साढे ३ बजेतिर भतपुर महानगरपालिका–७ विकासचोकमा बा १ प १२८४ नम्बरको बसले ८ वर्षीय बालकलाई ठक्कर दिएपछि मृत्यु भएको थियो । सोही विषयलाई लिएर स्थानीयले प्रदर्शन गरेका थिए ।

बस प्रहरी कार्यालयमा ल्याउन अवरोध हुन थालेपछि हामीले अश्रुग्यास प्रहार गरेर भीडलाई नियन्त्रणमा लिनु पर्ने अवस्था आएको हो । साँझ साढे ७ बजेतिर हामीले बस पनि प्रहरी कार्यालयमा ल्याएका छौं । अहिले अवस्था सामान्य बनेको छ’, चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए ।

डिएसपी थापाका अनुसार ठक्करबाट घाइते भएका बालकलाई भरतपुर अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि बालकसँगै रहेकी हजुरआमा सूर्यकुमारी लामिछाने अचेत भएकी थिइन् ।

साताकाे चर्चित
सम्बन्धित