प्रदेशसभा र संघीयता खारेज गरौँ : प्रदेश सांसद माझी
प्रदेशसभा र संघीयता खारेज गरौँ : प्रदेश सांसद माझी
    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बागमती प्रदेशसभा सदस्य रिता माझीले संघीयता खारेज गरिनुपर्ने बताएकी छिन् । बागमती प्रदेशसभाको नवौँ अधिवेशनमा बोल्दै सांसद माझीले नेपालमा संघीय प्रणाली असफल भैसकेको भन्दै उनले सकिन्छ भने तत्कालै प्रदेश सरकार खारेजी गर्नुपर्ने माग गरेकी हुन् । प्रदेश सरकारले जनतामा कुनै किसिमको राहत दिन नसकेको, प्रदेश सरकार र सांसदहरू पद र प्रतिष्ठाको लागि मात्र उभिने हो कि बोझको लागि उभिने हो भन्दैले दशैको बिदामा समीक्षा गर्दै यो बोझलाई खारेज गर्नुपर्ने उनको तर्क थियो ।संघियता खारेजी गर्दा नेपाली जनता खुसी हुने भन्दै यो महँगी र भ्रष्टाचारलाई न्यूनीकरणको लागि यो व्यवस्था खारेज गर्नुपर्नेमा उनको जोड थियो । जनताले तिरेको करबाट प्रदेशसभाका माननीयलाई तलब खुवाउने काम मात्र भएको भन्दै उनले यस्तो व्यवस्था खारेज हुनुपर्ने बताइन् । लाेभलालच देखाई गाउँ गाउँमा धर्म परिवर्तनको आतङ्क रहेको भन्दै उनले यसतर्फ सचेत हुनुपर्ने बताइन् ।

साताकाे चर्चित
सम्बन्धित