साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै, पहिलो हाफमा गोलरहित बराबरी
साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै, पहिलो हाफमा गोलरहित बराबरी
    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार

माले : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को आफ्नो तेस्रो खेलमा नेपाल र भारत भिड्दैछन्। मालेस्थित राष्ट्रिय फुटबल रंगशालमा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

फाइनलमा पुग्न जित्नै पर्ने दबाबमा रहेको भारतले अधिकांश समय नेपालमाथि दबाब सिर्जना गरेको छ। निरन्तर काउन्टर एट्याक गरे पनि भारतले गोल गर्न भने सकेको छैन। उसका कप्तान सुनिल क्षेत्रीले गोल गर्ने सुनौलो अवसर गुमाए। उनले डिबक्सभित्र नेपालका कप्तानसमेत रहेका गोलकिपर किरण चेम्जोङ झुक्किसकेको अवस्थामा गोल गर्न चुकेका हुन्।

नेपालले भने भारतलाई बराबरीमै रोक्ने रणनीतिका साथ रक्षात्मक खेल खेलेको छ। भारतलाई बराबरीमै रोक्न सके नेपालको फाइनल यात्रा सहज हुनेछ।

हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न नसकेको नेपालले खेल आफ्नो पक्षमा पार्न सके एक खेल अगावै फाइनलमा पुग्ने।

यसअघि नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरिसकेको छ। भारतले भने दुई खेल बराबरी खेलेको छ।

साताकाे चर्चित
सम्बन्धित